२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले एक सूचना जारी गर्दै जीवन बीमा अभिकर्ता तालिम फागुन २५ गतेबाट फागुन २७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
तालिम उडल्यान्ड होटल दरबारमार्ग काठमाडौंमा सञ्चालन हुने भएको छ । तालिममा सहभागि हुनका लागि ५ सय रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागि हुनका लागि नेपाल नागरिकताको प्रमाणपत्र, प्लसटु वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो र प्यान नम्बर चाहिने कम्पनीले जारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij