२०८२ माघ ७ गते बुधवार
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि सर्वसाधारण लगानी कर्ताका लागि (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ।
कम्पनीका कर्मचारीहरुको लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानी कर्ताहरुको लागि निष्काशन गर्न लागेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij