२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको हो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बिमा सेवाको शुरु गरेको छ ।
उक्त बिमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु.८० हजार रकम भुक्तानी गर्नेछन्, भने नाबालिक यात्रुहरुको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । बिमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरि लिन सक्ने छ ।
उक्त सम्झौता पत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij