२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार २०८०/८१ को एक वर्षमा नेपालमा झन्डै ५२ हजार अभिकर्ता थपिएको छ। नेपालमा बीमा व्यवसायमा अभिकर्ताको संख्यामा वृद्धि भएको जानकारी बीमा कम्पनीले दिएको छ ।
नेपाल बीमा प्राधिकरणले पछिल्लो समय अनलाइन माध्यमबाट परीक्षा लिएर बीमा अभिकर्ता लाइसेन्स वितरण गर्दै आएको हो। २०८०/८१ को आर्थिक वर्षमा नेपालमा कुल ३ लाख २९ हजार ५७२ अभिकर्ता सक्रिय रहेको थियो भने अघिल्लो वर्ष २०७९/८० भन्दा १८.७१ प्रतिशतले वृद्धि भएको थियो । बीमा व्यवसायसँग सम्बन्धित १ हजार २४८ सर्भेयर पनि संलग्न रहेको भने अघिल्लो वर्षको तुलनामा २.५५ प्रतिशतले वृद्धि भएको देखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij