Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१४ निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट, कुन कम्पनीको कति घट्यो ?

१४ निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट, कुन कम्पनीको कति घट्यो ?


  • 1.1K
    Shares

    १४ निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट, कुन कम्पनीको कति घट्यो ?

    काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिएको छ।  १४ निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा ५९.३८ प्रतिशतको भारी गिरावट आएको छ।  निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा ५९.३८ प्रतिशतले भारी गिरावट आएको छ।

    कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा एक अर्ब २५ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न गरेको छ। गत आवको सोही अवधिमा कम्पनीहरूले तीन अर्ब नौ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    चालु आवको पुष मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १८.८६ प्रतिशतले घटेर ४२ करोड ७२ लाख रुपैयाँबाट ३४ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ।

    वृद्धिदरको आधारमा, सानिमा जिआइसी इन्स्योरेन्सको मुनाफा सबैभन्दा बढी वृद्धि भएको छ।  प्रभु इन्स्योरेन्सको खुद नाफा १०.५३ प्रतिशत र शिखर इन्स्योरेन्सको मुनाफा २.४८ प्रतिशतले मात्र वृद्धि भएको छ। यी बाहेकका अन्य ९ वटा कम्पनीको मुनाफा घटेको छ भने २ वटा कम्पनी नोक्सानीमा रहेको विवरणले खुलाएको छ।

    कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार, शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २२ करोड ५० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ करोड ५९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १५ करोड ६० लाख रुपैयाँ मुनाफामा रहेको छ।

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स लगायतका अन्य कम्पनीहरूले पनि मुनाफा आर्जन गरेको छ। ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय रहेको छ भने ओरियण्टल इन्स्योरेन्सले १९ करोड ७५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३६ करोड ९८ लाख रुपैयाँ नोक्सानी भोगी रहेको छ।

     

    प्रकाशित मिति :फाल्गुण १ २०८१ बिहिवार - १३:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij