२०८२ माघ ७ गते बुधवार
काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक भएका विवरणहरू अनुसार, कम्पनीहरूले कुल ३.५ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका भने जुन गत वर्षको तुलनामा १४.८५ प्रतिशतको वृद्धिभएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने गत वर्षको अवधिको तुलनामा ९.४५ प्रतिशत बढीभएको छ । गत वर्षमा ४२ करोड ७७ लाख रुपैयाँ मुनाफा भएको थियो।
हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले वृद्धि भई ३४ करोड ६० लाख रुपैयाँबाट ३७ करोड ६२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले यस अवधिमा कम्पनीले ३५ करोड तीन लाख रुपैयाँ, सन नेपाल लाइफ २८ करोड २२ लाख रुपैयाँ, नेशनल लाइफ २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा मेट लाइफ नेपाल २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफ १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ १८ करोड २५ लाख रुपैयाँ, खुद नाफा रहेको छ ।
आइएमई लाइफ २६ करोड ७८ लाख रुपैयाँ, एशियन लाइफ २५ करोड ३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ २३ करोड १६ लाख रुपैयाँ, सिटिजन लाइफ २३ करोड ९ लाख रुपैयाँ, एलआइसी नेपाल १४ करोड १८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा ८० लाख ६५ हजार रुपैयाँ खुद नाफा रहेको छ
समीक्षा अवधिमा मेट लाइफ नेपाल २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफ १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ १८ करोड २५ लाख रुपैयाँ, खुद नाफा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij