Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै


  • 1.7K
    Shares

    नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणको हितमा लागि ९आइपिओ० निष्कासन गर्ने भएको छ।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

    कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

    १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

    बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ। लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - १२:२५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij