२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सन नेपाल लाइफद्वारा मलेशियास्थित नेपाली आप्रवासी कामदारलाई बैदेशिक रोजगार बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तिय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित “नेपाली आप्रवासी कामदारलाई लक्षित गरी बैदेशिक रोजगार बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशिया का लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद तिमसिना रहेका थिए ।
साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको बित्तिय सुरक्षा, बैदेशिक रोजगार बिमा दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारे ।
सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध छ साथै सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका भएका नेपाली नागरिकहरुलाई जीवन बिमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर सेवारत छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij