Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समृद्धि फाइनान्सका ऋणी ग्राहकले नेपाल माइक्रो इन्स्योरेन्सबाट सरल बिमा सेवा पाउने

समृद्धि फाइनान्सका ऋणी ग्राहकले नेपाल माइक्रो इन्स्योरेन्सबाट सरल बिमा सेवा पाउने


  • 1.6K
    Shares

    • images
    समृद्धि फाइनान्सका ऋणी ग्राहकले नेपाल माइक्रो इन्स्योरेन्सबाट सरल बिमा सेवा पाउने

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबीच बीमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    सम्झौताअनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बीमा सेवा उपलब्ध गराइनेछ। बीमा दाबी (क्लेम) सम्बन्धी सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको छ।

    सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट उपमहाप्रबन्धक विनोद राज पौडेल र नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले हस्ताक्षर गरेका छन्। सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूले बैंकिङ सेवा लिँदा बीमा सुरक्षाको सुविधा सहज रूपमा प्राप्त गर्नेछन्। 

    यस साझेदारीले ऋणी ग्राहकहरूको सुरक्षालाई थप मजबुत बनाउने र वित्तीय जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। समृद्धि फाइनान्सले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवाहरू उपलब्ध गराउने योजना बनाएको छ।

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १३:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij