Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड


  • 1.4K
    Shares

    • images
    सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।   बैंककमा  आयोजना भएको  आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा इन्स्योरेन्सले तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको जनाएको छ। 

    कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’ ‘बीमा क्षेत्रमा महिला नेतृत्व र उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा अवार्ड पाएको प्रेस नोटमार्फत जनाएको छ। उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत  राजकुमार अर्यालले ग्रहण गरे ।

    यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १३:१४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij