२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको छ।
मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। आज बाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij