Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

३ दिनसम्म स्थिर रहेको सुनको मूल्य ह्वात्तै बढ्यो आज, आज कतिमा हुँदैछ कारोबार

३ दिनसम्म स्थिर रहेको सुनको मूल्य ह्वात्तै बढ्यो आज, आज कतिमा हुँदैछ कारोबार


  • 2.0K
    Shares

    • images
    ३ दिनसम्म स्थिर रहेको सुनको मूल्य ह्वात्तै बढ्यो आज, आज कतिमा हुँदैछ कारोबार
    images

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।  

    महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो । 

    महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस आधारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । 

    प्रकाशित मिति :माघ २२ २०८१ मंगलवार - ११:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij