२०८२ भाद्र १ गते आइतवार
ज्योतिषः विश्वराज सिग्देल
सम्पर्क नंं. ९८४५६२६२८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आकस्मिक झैझगडाको योग रहेको छ । विगत देखिका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । नयाँ कामहरु सहजै बन्ने देखिदैन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ हुने योग रहेको छ । लामो दूरीको यात्रा नगर्नुनै राम्रो हुनेछ । पढाइ लेखाइको क्षेत्रमा पनि बाधा व्यावधानको योग रहेको छ । ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज दिन मध्यम रहेको छ । विगत देखिका कामहरुलाई नै निरन्तरता दिनु उपयुक्त हुन्छ । नयाँ काम शुरुवात गर्न राम्रोछैन । बस्त्र किनमेलको लागि पनि समय राम्रो छैन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिष्ठान्न भोजनमा सहभागी हुन पाइनेछ । मनमा अशान्ति बढेर जानेछ । इष्टमित्रमा जति घुलमिल हुन खोजे पनि अपजस पाउने योग रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मान सम्मान बढेर आउनेछ । विगत देखिका अधुरा अपुरा कामहरु बन्नेछ । मन खुशी रहनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आजको दिन भाग्य उदयको दिन रहेको छ । विगत देखिका अधुरा कामहरु सम्पन्न हुनेछ । लामो दूरीको यात्राबाट लाभ मिल्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज लोभ, खर्च, चिन्ता, ऋण बढ्ने योग रहेको छ । कलकारखानाबाट राम्रो आम्दानी नहुन सक्छ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न गाह्रो छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको दिन राम्रो रहेको छ । आटे सोचेको काम बन्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । लामो दूरीको यात्रामा पनि सफलता मिल्नेछ । विगत देखि रोकिएका कामहरु बन्ने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij