२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज पनि अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। त्यसैगरि आज कुबेती र बहराइन दिनारको मूल्य पनि उच्च बनेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्रा भने सस्तिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा छ। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। गत साताका केहीदिन घटेको अमेरिकी डलरको मूल्य आज पुनः बढेर उच्च बनेको हो।
यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज पुनः उच्च बनेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij