२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सन नेपालले राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले आफ्नो बिमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
माघ १८ गते काठमाडौँस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको सो कार्यक्रममा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राज कुमार अर्यालले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू र व्यवसायिक नैतिकता सम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए ।
साथै, उनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथामसम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू तथा बिमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास तथा नियम–कानुनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ।
बिमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij