२०८२ भाद्र १ गते आइतवार
ज्योतिषः विश्वराज सिग्देल
सम्पर्क नंं. ९८४५६२६२८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन त्यति राम्रो छैन । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । पञ्चामृत पान गरेर मात्र लामो दूरीको यात्रा गर्नु उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वित्तिय संघ संस्थाबाट लाभ हुने योग रहेको छ । धनोत्तरी बढेर जानेछ । मनमा सुख शान्ति रहने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । काम बन्न हम्मे हम्मे बन्नेछ । सचेतता अपनाउनुपर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज पढाई लेखाइको क्षेत्रमा सफलता मिल्नेछ। विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । बाणीमा मधुरता छाउनेछ साथै आफन्तबाट माया पाउने योग रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दुख व्यावधान र पराक्रम बढेर जानेछ। आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । काम कार्यमा झन्झट आईपर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज दिन काम बन्ने सम्भावना रहेको छ । विगतदेखिको अधुरा कामहरु पनि पुरा हुनेछ । मन प्रशन्न रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आजको दिन तपाईको लागि उपयुक्त छैन । अनावश्यक विवाद बढेर जानेछ । साझ सचेतता पूर्वक गरेको काममा थोरै सफलता मिल्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज तपाईको समय उपयुक्त छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ। जुन सुकै काममा पनि बढि सजगता अपनाउनु उपयुक्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज तपाईको समय उपयुक्त छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ। मध्यान्ह पछि काममा बढि सजगता अपनाउदा भने केही लाभ हुने देखिन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पशु चौपायाबाट लाभ लिन सकिनेछ । मेसिनरी व्यवसाय फस्टाएर जानेछ । देश विदेशको यात्रामा सफलता मिल्नेछ । धन बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको समय उपयुक्त छैन । आटे सोचेको काम कार्यहरुमा बाधा आइलाग्नेछ । नयाँ नविनतम कार्यहरु पनि बन्न हम्मेहम्मे देखिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज दिन राम्रो छ । नयाँ काम थालनी गर्दा सफल भईनेछ । विगत देखिको अपुरा कामहरु बन्ने योग रहेको छ । सन्तोष मिल्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij