Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालीमाटीमा आलु सस्तियो, कुन तरकारीको मूल्य कति?

कालीमाटीमा आलु सस्तियो, कुन तरकारीको मूल्य कति?


  • 2.0K
    Shares

    • images
    कालीमाटीमा आलु सस्तियो, कुन तरकारीको मूल्य कति?
    images

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार)  कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर, आज आलुको मूल्य भने घटेको छ। आलुको मूल्य घट्दा गोलभेँडा भने महँगिएको छ।  आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य आज पनि कालीमाटीमा निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन। 

    कालीमाटीमा आज सानो भारतीय गोलभेँडा २७, रातो आलु ३७, भारतीय रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा १५, तराईको बन्दा १२, स्थानीय काउली १०, ज्यापु काउली १७, रातो मुला २२ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरी सेतो मुला १७, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, करेला १०५, लौका ५५, फर्सी १५, रायोको साग १२, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

     

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - ०८:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij