Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज आइतवार, २०८१ माघ १३ गतेको राशिफल

आज आइतवार, २०८१ माघ १३ गतेको राशिफल


  • 3.0K
    Shares

    आज आइतवार, २०८१ माघ १३ गतेको राशिफल

    ज्योतिषः विश्वराज सिग्देल
    सम्पर्क नंं. ९८४५६२६२८०

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    समय राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । विशेषगरी पूर्व, उत्तर दिशा तिरको कार्यमा राम्रो प्रभाव हुने देखिन्छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आय आम्दानी बढेर जानेछ । आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुमा समेत सफलता हुने देखिन्छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । मध्यान्हमा भने केही झन्झटिलो कार्य बेहोर्नुपर्ने देखिन्छ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आटे सोचेको काम बन्नेछ । लामो दूरीको यात्रा हुने सम्भावना रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुन पाउने योग रहेको छ । नयाँ बस्त्र आभुषण प्राप्त हुने देखिन्छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आजको दिन मध्यम रहेकोे छ । शरीरमा रोग बढेर जाने योग रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुमधुर हुने योग रहेको छ । 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    पराक्रम बढेर जानेछ । जुन सुकै काम गर्दा जोश जागरका साथ सम्पन्न हुनेछ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने देखिन्छ । 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आज केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । साथी संगीहरुसंग झैझगडा हुन सक्ने योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आजको समय उपयुक्त छ । सन्तानको उन्नती प्रगतीमा मन हर्सित हुनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    आज खर्च बढ्ने सम्भावना रहेको छ । रोगले सताउन सक्छ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - ०५:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij