२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । यस वर्षकै अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
मंगलवार छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij