Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

समाचार

लेखनाथ दाहालको आरोप : लेखा समिति सरकारको लाचार छाया बन्यो

लेखनाथ दाहालको आरोप : लेखा समिति सरकारको लाचार छाया बन्यो


  • 1.1K
    Shares

    लेखनाथ दाहालको आरोप : लेखा समिति सरकारको लाचार छाया बन्यो
    images

    काठमाडौं । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छाया बनेको आरोप लगाएका छन् ।

    सिंहदरवारमा जारी सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले भने, ‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाया जस्तो भयो । यस्तो बनाउन हुँदैन । हामीसँग ९५ उजुरी छन् । छलफल गरेर अगाडि जानुपर्नेमा डन्पिङ गरेर राखिएको छ ।’

    उनले लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोपसमेत लगाए । ‘लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने हो । तर, यहाँले नै नेतृत्व गरिराख्नु भएको छ । जबरजस्त नेतृत्व खोसिराख्नुभएको छ । यसमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत देखिन्छ’, उनले भने ।

    दाहालले सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन् । ‘सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रसस्त गर्नु आवश्यक छ’, दाहालले भने ।

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - १४:१४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij