Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो , अन्य विदेशी मुद्राको विनिमय दर कति?

अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो , अन्य विदेशी मुद्राको विनिमय दर कति?


  • 1.4K
    Shares

    • images
    अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो , अन्य विदेशी मुद्राको विनिमय दर कति?
    images

    नेपाल राष्ट्र बैंकले आज  मंगलबार का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर र बहराइन दिनारको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा थियो। 

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७३ र बिक्रीदर ८६ रुपैयाँ १० छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ६३ र बिक्रीदर ८६ रुपैयाँ थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-01-21_044754_10YfgKWNer.png

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - ०६:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij