Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुँदै

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुँदै


  • 1.4K
    Shares

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुँदै

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि माघ १५ गतेदेखि सेयर निष्कासन गर्ने छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट स्विकृती पाएको छ ।

    जसमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो । विदेशमा रहेका नेपालीले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

    यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ । बिक्री प्रबन्धक रहेको छ । आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयर र सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

    रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १४:१२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij