Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

एनआईसी एशिया बैंकको नाफा १५ करोड मात्रै, ईपीएस २३.५६ रुपैयाँ घट्यो

एनआईसी एशिया बैंकको नाफा १५ करोड मात्रै, ईपीएस २३.५६ रुपैयाँ घट्यो


  • 1.3K
    Shares

    एनआईसी एशिया बैंकको नाफा १५ करोड मात्रै, ईपीएस २३.५६ रुपैयाँ घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ९२.०३ प्रतिशत कम छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    समीक्षा अवधिसम्म बैंकले ५ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।समीक्षा अवधिको तुलनामा ६.३९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ५ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ छुटुटाएको छ । कर्मचारीको लागि २ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च ९४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

    बैंकको रिटेन्ड अर्निङ २ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४१ करोड रुपैयाँले धनात्मक रहेको छ ।

    बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.५६ रुपैयाँ घटेर २.०३ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १३:२०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij