Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

थाइल्यान्डमा नेटा नम्बर वान, यस्तो छ सुविधा

थाइल्यान्डमा नेटा नम्बर वान, यस्तो छ सुविधा


  • 1.1K
    Shares

    • images
    थाइल्यान्डमा नेटा नम्बर वान, यस्तो छ सुविधा
    images

    काठमाडौं । चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । 

    यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।

    नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुबिधालाई बिशेष ध्यानमा राखिदै आएको बताइएको छ ।

    नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको छ।

    नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । 

    १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो द्दण् मिनेटको चार्जमा ३०५ बाट ८०५ सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८०ं किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किमि वारंटी छ।

    नेटा एक्स एकल चार्जमा 500 किमि सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्स ले पनि ८ वर्ष वा १ लाख ८० हजार किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ। 

    यी सुविधाहरूले नेटा एक्स लाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभी को रूपमा आकर्षक विकल्प बनाउँछ ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १२:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij