Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?


  • 1.4K
    Shares

    एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

    काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी नाफ गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत, खुद ब्याज आम्दानी १९.११ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत र बैंकको सञ्चालन नाफा २६.९७ प्रतिशत बढेको छ ।

    यो अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)२.९४ रुपैयाँ बढेर ३२.०६ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २९.१२ रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी भने ३०.५८ रुपैयाँ छ ।

    पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २२५.९ रुपैयाँ छ । बैंकको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ । अन्य वाणिज्य बैंकलाई खराब कर्जा अनुपात बढ्दै गएर समस्या सिर्जना हुँदा एभरेष्ट बैंक भने कर्जा व्यवस्थापनमा अब्बल देखिएको हो ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - ०८:४६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij