Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नबिल बैंकले कमायो तीन अर्ब २४ करोड नाफा

नबिल बैंकले कमायो तीन अर्ब २४ करोड नाफा


  • 1.6K
    Shares

    नबिल बैंकले कमायो तीन अर्ब २४ करोड नाफा

    काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब २० करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष त्यसमा सीमान्त वृद्धि गरेको हो ।

    बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी आठ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको खुद शुल्क तथा कमिशन आम्दानी गत वर्षको एक अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। बैंकको इपिएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - ०८:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij