Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

रास्वपाका कोशी प्रदेश अध्यक्ष निलम्बित

रास्वपाका कोशी प्रदेश अध्यक्ष निलम्बित


  • 2.0K
    Shares

    रास्वपाका कोशी प्रदेश अध्यक्ष निलम्बित
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ। 

    उनले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए। सोही आधारमा उनलाई निलम्बन गरिएको रास्वपा कोशीका एक नेताले जानकारी दिए। 

    पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भने उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन्।  शुक्रबार तिमिल्सिनालाई आयोगले पत्र पठाएर जानकारी दिएको हो। 

    'तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनी मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१।१०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ। यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ' तिमिल्सिनालाई थमाइएको पत्रमा भनिएको छ। 

    प्रकाशित मिति :माघ ४ २०८१ शुक्रवार - १९:३६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij