Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने

नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने


  • 1.9K
    Shares

    नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने

    काठमाडौं । विपक्षी दलहरूको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

    बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

    सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू थप असन्तुष्ट भएका छन् । सरकारले संसद् छलेर अध्यादेश ल्याएकोप्रति उनीहरूको आक्रोश छ । उनीहरूले लामो समयदेखि संसद् अधिवेशन आह्वान गर्न माग गर्दै आएका छन् ।

    नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू विपक्षीमा छन् ।

    प्रकाशित मिति :माघ ४ २०८१ शुक्रवार - ०८:२१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij