Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

कांग्रेसले मन्त्रीहरूलाई दिए सात बुँदे निर्देशन

कांग्रेसले मन्त्रीहरूलाई दिए सात बुँदे निर्देशन


  • 1.6K
    Shares

    कांग्रेसले मन्त्रीहरूलाई दिए सात बुँदे निर्देशन
    images

    काठमाडौं । आफ्ना मन्त्रीहरूले प्रभावकारी काम गर्नुभन्दै नेपाली कांग्रेसले सात बुँदे निर्देशन दिएको छ ।

    बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दल कार्यसमिति बैठकले मन्त्रीहरूलाई सात बुँदे निर्देशन दिएको हो ।

    पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सरकारलाई सात बुँदे सहमति अनुसार अघि बढाउन सात बुँदे निर्देशन दिइएको हो ।

    निर्देशनहरू

    १) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

    २) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने ।

    ३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

    ४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

    ५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रूपमा मन्त्रालयको काममा केन्द्रित हुने ।

    ६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।

    ७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

    प्रकाशित मिति :माघ ३ २०८१ बिहिवार - १६:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij