Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सरकारविरुद्ध विपक्षी ६ दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

सरकारविरुद्ध विपक्षी ६ दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै


  • 1.2K
    Shares

    सरकारविरुद्ध विपक्षी ६ दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
    images

    काठमाडौं । संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।

    अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

    आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसालको २ सदस्यीय कार्यदल बनाएको छ। विपक्षीहरूको साझा धारणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको हो । आजको पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने खुलाइएको छैन ।

    प्रकाशित मिति :माघ ३ २०८१ बिहिवार - ०७:२८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij