Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मधेशमा माओवादी भयो झन् धेरै फ्याक, ओलीतिर लागेका सांसदलाई प्रचण्डले लगाए घोक्रेठ्याक 

मधेशमा माओवादी भयो झन् धेरै फ्याक, ओलीतिर लागेका सांसदलाई प्रचण्डले लगाए घोक्रेठ्याक 


  • 5.7K
    Shares

    मधेशमा माओवादी भयो झन् धेरै फ्याक, ओलीतिर लागेका सांसदलाई प्रचण्डले लगाए घोक्रेठ्याक 

    काठमाडौं । नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो ।

    माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए । यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन् ।

    यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए । ‘शुक्रबारै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, उनीहरुले जवाफ दिएनन्,’ उनले भने,‘अनि कारबाही गरिएको पत्र सभामुखलाई बुझाएका हौं ।’

    प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको बताए । उनले सभामुखसमक्ष बुझाइएको पत्रबारे कानुनी परामर्श भइरहेको पनि जानकारी दिए । ‘सभामुखज्यूले कानुनी राय–परामर्शमा जुट्नु भएको छ,’ सचिव यादवले भने,‘एक–दुई दिनमै छिनोफानो हुनेछ ।’

    प्रदेश २ मा माओवादीकेन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् । माओवादी केन्द्रबाट जितेका मण्डल भने नेकपा एकीकरणअघि प्रदेशसभामा दलका नेता थिए । एकीकरणपछि नेकपाका संसदीय दलका नेता ओली पक्षका सत्यनारायण मण्डल बने । नेकपा छिनभिन्न भएपछि प्रदेश २ मा ओली पक्षका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाल–खनाल समूहका संसदीय दलका नेता शत्रुधन महतो र माओवादी केन्द्रका संसदिय दलका नेता भरत साह बनेका छन् ।

    यसैबीच ६ महिनापछि प्रदेश २ सभाको बैठक सोमबार १ बजे बस्दैछ । प्रदेश २ मा सत्ताको बागडोर सम्हालेका जनता समाजवादी पार्टी९जसपा०ले संसदीय दलका नेता नचुनेका कारण प्रदेशसभाको बैठक लामो समयदेखि अवरुद्ध थियो । जसपा एकीकरण हुनुअघि छुट्टाछुट्टै दल रहेका संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी९राजपा०को अहिले पनि प्रदेश २ मा छुट्टाछुट्टै संसदीय दलका नेता र सचेतक रहेका छन् ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १२:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij