Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

राजनीति

आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु

आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु


  • 1.3K
    Shares

    आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका साना बाम दलहरुले बनाएको समाजवादी मोर्चाको बैठक सुरु भएको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। 

    बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यावद नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका छन्। 

    चक्रिय प्रणालीमा मोर्चाको नेतृत्व परिवर्तन हुन्छ। हाल एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक छन्। 

    पछिल्लो समय केही निस्क्रिय रहेको मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच २ पटक छलफल भएको थियो। 

    उनीहरुबीचको छलफलपछि मोर्चाको बैठक राखिएको हो। मोर्चामा यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि थियो। तर, उनको दल विभाजित भएपछि त्यसमा उनले प्रचण्डलाई दोषी देखाउँदै मोर्चा छाडेका थिए। 

    पछिल्लो पटक प्रचण्ड र माधव नेपालबीच भएको छलफलमा यादवलाई मोर्चामा फर्काउने कोसिस गर्ने र त्यसका लागि नेपालले पहिले कुरा गर्ने सहमति भएको थियो।

    प्रकाशित मिति :माघ २ २०८१ बुधवार - १४:५२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij