Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज तरुल ११० रुपैयाँ प्रतिकिलो, अन्य तरकारी तथा फलफूलको मूल्य कति?

आज तरुल ११० रुपैयाँ प्रतिकिलो, अन्य तरकारी तथा फलफूलको मूल्य कति?


  • 1.8K
    Shares

    आज तरुल ११० रुपैयाँ प्रतिकिलो, अन्य तरकारी तथा फलफूलको मूल्य कति?
    images

    काठमाडौं । कालिमाटी तरकारी बजारमा मंगलबार थोकमा अधिकाँश तरकारीको मूल्य निक्कै सस्तो हुँदा पनि खुद्रा बजारमा भने अहिले पनि मूल्य निक्कै बढी छ ।

    खुद्रामा अहिले पनि हरेक तरकारी १ सय रुपैयाँभन्दा घटी पाइएको छैन । यसले गर्दा किसान र उपभोक्ता दुवै मारमा परेका छन् । खुद्रा व्यापारीले आफुखुशी मूल्य असुल गर्दा पनि नियामक निकायले अनुगमन नगर्दा किसानले लागत मूल्य नपाउने र उपभोक्ताले अधिक मूल्य तिर्नुपर्ने बाध्यता छ ।

    कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै लोकल सानो गोलभेडा २२.६७, रातो आलु ४६.६७, प्याज ६६.३३, गाजर लोकल ७५, गाजर तराई ६५, बन्दा लोकल २७.६७, बन्दा तराई १७.६७, बन्दा नरिवल २७.६७, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु २५, तराई काउली १७.६७, सेतो मुला ३२.६७, लाम्चो भान्टा ३२.६७, डल्लो भान्टा ४५, मटरकोशा ८५, घिउ सिमी ६५, टाटे सिमी ३५ र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    प्रकाशित मिति :माघ १ २०८१ मंगलवार - ०८:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij