Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न


  • 1.2K
    Shares

    सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा हिजो पुस २८ गते आइतबार सम्पन्न भएको छ ।

    साधरण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज 
    कुमार केडियाको अध्यक्षतामा  भएको थियो । 
     
    साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५ (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४ प्रतिशतका दरले हुने रु.  ५६,३५,९९,२०८ (छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गन, “एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर”  (SBL 8.25%  Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात जारी गन लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहकोतर्पmबाट राहुल अग्रवाल, दिनेश शंकर पालिख र बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । 

    यसैगरी, सर्वसाधारण शेयरधनी समूहकोतर्पmबाट अंकित केडिया प्रतिनिधि–लेभरेज होल्डिङग्स र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट निर्विरोध निर्वाचित भएका छन् । 

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - ११:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij