Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

कुमारी बैंकको साधारण सभा माघ २१ गते

कुमारी बैंकको साधारण सभा माघ २१ गते


  • 1.4K
    Shares

    कुमारी बैंकको साधारण सभा माघ २१ गते

    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले आफ्नो चौबीसौं वार्षिक साधारण सभा आगामी माघ २१ गतेका लागि बोलाएको छ। 

    सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने बैंकले जनाएको छ । कुमारी बैंकले गत आर्थिक वर्ष (आ .व) को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसके छ । 

    गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। साथै सहायक कम्पनी कुमारी क्यापिटल र के.बि.एल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण पनि पारित गर्ने भएको छ ।

    साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।
     

    प्रकाशित मिति :पौष २८ २०८१ आइतवार - १२:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij