Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रदेश २ मा चार जना माओवादी केन्द्रका सांसदको पद खारेज

प्रदेश २ मा चार जना माओवादी केन्द्रका सांसदको पद खारेज


  • 6.7K
    Shares

    प्रदेश २ मा चार जना माओवादी केन्द्रका सांसदको पद खारेज

    प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ । चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले बर्खास्त गरिसकेको भनी पत्र बुझाइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

    नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण सोधे पनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ ।

    प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

    बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए । यस अघि माओवादी केन्द्रको संसदीय दलले दल नेतामा भरत कुमार शाहलाई चयन गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - ११:०३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij