Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मुख्यमन्त्री राईले छुट्टै सर्वदलीय बैठक बोलाए

मुख्यमन्त्री राईले छुट्टै सर्वदलीय बैठक बोलाए


  • 5.1K
    Shares

    मुख्यमन्त्री राईले छुट्टै सर्वदलीय बैठक बोलाए

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय आज बैठक बोलाएका छन् । प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेपछि त्यसलाई हटाउने विषयमा छलफल गर्न मुख्यमन्त्री राईले सर्वदलीय बैठक डाकेका हुन् ।

    चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सूचारु गर्नुपर्ने माग राखेका विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् ।

    प्रदेश सभामा अवरोध कायम रहँदा आज दिउँसो १ बजे डाकिएको बैठक पनि अघि बढ्ने सम्भावना छैन । अवरोध हटाउने विषयमा  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक निष्कर्षविहीन भएको थियो  ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १०:५७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij