Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

राजनीतिक दल विभाजन अध्यादेश आजै आउने, माधवका ४ सांसद तयारी अवस्थामा

राजनीतिक दल विभाजन अध्यादेश आजै आउने, माधवका ४ सांसद तयारी अवस्थामा


  • 8.2K
    Shares

    राजनीतिक दल विभाजन अध्यादेश आजै आउने, माधवका ४ सांसद तयारी अवस्थामा
    images

    काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परामर्श गरेका थिए ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि प्रधानमन्त्री ओली अध्यादेश ल्याउने विन्दुमा पुगेका हुन् । देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का चार जना सांसद आफ्नो दलमा आउनेगरि अध्यादेश ल्याउन लागेको विश्वास दिलाएका छन् ।

    हिजो र आज माधव नेपालको पनि दौडधूप बढिरहेको छ । उनले अध्यादेश रोक्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको साथ खोजेका छन् । राष्ट्रपति पौडेलसमक्ष पनि यसअघि नै प्रचण्ड र माधवले संयुक्त रुपमा भेटेर अध्यादेश ल्याए अघि नबढाउन अनुरोध गरिसकेका छन् । पछिल्लो साता सत्ता गठबन्धनमा समेत खटपट सुरु भएको बताईन्छ । कांग्रेस सभापति देउवाले माघको पहिलो सातासम्म एमालेको साथ छोड्ने कांग्रेसकै कतिपय नेताहरुको दाबी छ । 

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १९:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij