Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

प्रधानमन्त्री ओलीसँग लिङ्देन र थापाले गरे भेट , के भयो कुराकानी ?

प्रधानमन्त्री ओलीसँग लिङ्देन र थापाले गरे भेट , के भयो कुराकानी ?


  • 1.6K
    Shares

    प्रधानमन्त्री ओलीसँग लिङ्देन र थापाले गरे भेट , के भयो कुराकानी ?
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै भेट गरेका छन् । दुवै नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    प्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिए । राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।

    प्रधानमन्त्रीसँगको भेटको फोटो राख्दै लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’

    उनले भेटका क्रममा प्रधानमन्त्रीसँग विविध पक्षमा लामै कुराकानी भएको उल्लेख गरेका छन् । राप्रपाले पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सबै शीर्ष नेताहरूलाई निमन्त्रण दिएको छ । यसअघि लिङ्देन कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगेका थिए ।

    सो त प्रधानमन्त्रीसँग लिङ्देनले भेटेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष थापा पनि बालुवाटार पुगे । भेटघाटको क्रममा प्रधानमन्त्री ओली र थापाबीच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

    प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

     

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १३:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij