Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कैलालीमा भारतबाट आएका एक जना कोरोना सङ्क्रमितको मृत्यु

कैलालीमा भारतबाट आएका एक जना कोरोना सङ्क्रमितको मृत्यु


  • 8.1K
    Shares

    कैलालीमा भारतबाट आएका एक जना कोरोना सङ्क्रमितको मृत्यु

    कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । 

    जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

    उनमा आइतवार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि उनलाई आइतवार राती साढे ८ बजे अस्पताल भर्ना गरिएको र उपचारका क्रममा सेतीस्थित अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा सोमबार बिहान ७ बजे उनको मृत्यु भएको हो ।

    उनमा कडा खाले निमोनिया रहेकोले श्वासप्रश्वासमा जटिल समस्या देखिएको श्रेष्ठको भनाइ छ । मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ । उनी फागुन पहिलो साता भारतबाट आएका थिए । सुदूरपश्चिममा नयाँ भेरियन्टको कोरोना देखिए पनि उनको मृत्यु कुन भेरियन्टको कोरोनाबाट भएको भन्ने पुष्टि हुनसकेको छैन ।

    नयाँ हो कि पुरानो भेरियन्ट छुट्याउन नमुना काठमाडौँ पठाउनुपर्ने र कुन मुलुकमा फैलिएको भेरियन्ट भनेर पत्ता लगाउन भने नमुना विदेश पठाउनुपर्ने बाध्यता छ । मृतकको स्वाबको नमुना सङ्कलन गरेर राखिएको र भेरियन्ट पत्ता लगाउन पठाउने वा न पठाउने भन्ने विषयमा छलफल भइरहेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १०:१७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij