Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रवि लामिछाने हिरासतमुक्त भएको भोलिपल्ट रास्वपा कास्कीले किन माग्यो माफी ?

रवि लामिछाने हिरासतमुक्त भएको भोलिपल्ट रास्वपा कास्कीले किन माग्यो माफी ?


  • 3.6K
    Shares

    रवि लामिछाने हिरासतमुक्त भएको भोलिपल्ट रास्वपा कास्कीले किन माग्यो माफी ?
    images

    काठमाडौं । पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ ।

    रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार बिहानै प्रेस विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् । 

    पार्टी सभापति लामिछानेको रिहाइ र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका पार्टीका सम्पूर्ण कार्यकर्ता शुभचिन्तक, समर्थक, न्याय प्रेमी जनसमुदाय र पत्रकारहरूलाई कृतज्ञता प्रकट गर्दै उक्त विज्ञप्तिमार्फत आन्दोलन, धर्ना विरोध सभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीलाई पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिएको हो । 

    उक्त विज्ञप्तिमा भनिएको छ ‘ढिलै भए पनि सत्यको जित भएको छ । हाम्रो पार्टी सभापति एवं पूर्वगृहमन्त्री माननीय रवि लामिछानेज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिनदेखि विना कसुर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएको थियो ।

    सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ । सम्मानित कास्की जिल्ला अदालतको आदेशप्रति हामी हार्दिक आभार, कृतज्ञतासहित उच्च सम्मान व्यक्त गर्दछौँ । ढिलै भए पनि आखिर सत्यको जित, न्यायको जित भएको छ ।’ 

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - ११:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij