२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला आठसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलाको आठसय नै बढेको हो।
मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँ थियो। गएको बुधबार पनि सुन तोलामा पाँचसय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४० रुपैयाँ थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij