Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आफ्नै क्याबिनेटका मन्त्रीलाई ओलीले अर्कै तिर हुत्याइदिए, बैगुनी केटो सहितका को-को परे खेदाइमा ?

आफ्नै क्याबिनेटका मन्त्रीलाई ओलीले अर्कै तिर हुत्याइदिए, बैगुनी केटो सहितका को-को परे खेदाइमा ?


  • 7.0K
    Shares

    आफ्नै क्याबिनेटका मन्त्रीलाई ओलीले अर्कै तिर हुत्याइदिए, बैगुनी केटो सहितका को-को परे खेदाइमा ?

    काठमाडौं । सर्वोच्च अदालतले पहिलेकै पार्टी ब्युँताइदिएसँगै नेकपा ९एमाले० संसदको सबैभन्दा ठूलो दल हो । दलीय अनुपातमा प्रतिनिधित्व हुने संसदीय समितिमा आफ्नो हैसियत अनुसार सदस्य हेरफेर गरिदिन संसदको सबैभन्दा ठूलो दल एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ ।

    एमालेले २५ चैतमा सभामुख सापकोटालाई पत्र लेख्दै संसदका विषयगत समितिका सदस्यहरू हेरफेर गरिदिन आग्रह गरेको हो ।

    सरकारका कामकारबाहीमाथि अनुगमन तथा नियमन गर्ने अधिकार पाएका संसदीय समितिको महत्वलाई बुझ्दै एमालले चाँडो भन्दा चाँडो सदस्य हेरफेर गरिदिन आग्रह गरेको हो ।

    एमालेले पठाएको पत्रमा २६ गते बस्ने बैठकमा सदस्य हेरफेर गरी जानकारी गराउन आग्रह गरिएको छ । तर, सभामुखले त्यसो नगरेपछि एमाले सांसद खगराज अधिकारीले बैठकमा विरोध जनाएका थिए ।

    अधिकारीलाई जवाफ दिँदै सभामुखले नाम प्राप्त भएपछि हेरफेर गरिने जानकारी दिएका थिए । २६ गते नै सदस्य हेरफेरलाई एजेण्डा बनाएर सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको भए पनि सहमति जुट्न सकेको थिएन ।

    नेपाली कांग्रेस र माओवादी केन्द्र संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको भन्दै हाललाई उक्त समितिमा सदस्य हेरफेर गर्न नहुने अडानमा छन् । एमालेले भने त्यसको विरोध गरेको छ ।

    संसदको ठूलो राजनीतिक दलको हैसियतमा संसदीय समितिमा प्रतिनिधित्वको माग राखेको नेकपा एमालेले समिति सदस्यहरू फेरबदल गर्दै सभामुख लाई पत्र पठाएको हो  ।

    संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई सदस्य हेरफेरबारे जानकारी गराएका हुन् । एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाउँदै खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई सिफारिस गरेको छ ।

    यस्तै राज्य व्यवस्था समितिमा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम पठाइएको छ भने घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि तथा जलश्रोत समितिमा पठाइएको छ । भट्टराईलाई ओलीले बैगुनी केटोको उपमा दिएका छन्। भट्टराई र भुसाल दुवै ओली सरकारमा मन्त्री थिए।

     

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १६:५८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij