२०८२ चैत्र २ गते सोमवार
स्याङ्जा । जिल्लाको भिरकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
भिरकोट नगरपालिका ७ हेलुस्थित आँधिखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर ३४ बर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका(७ लामाचौर बस्ने ३४ वर्षीय बिबेक खाण रहेको प्रहरीले जनाएको छ । उनको शनिबार दिउँसो मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij