Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेस पदाधिकारी बैठकमा देउवा र पौडेलनै अनुपस्थित, दुवै नेताले बैठक बंक गर्नुको यस्तो छ कारण 

कांग्रेस पदाधिकारी बैठकमा देउवा र पौडेलनै अनुपस्थित, दुवै नेताले बैठक बंक गर्नुको यस्तो छ कारण 


  • 6.7K
    Shares

    कांग्रेस पदाधिकारी बैठकमा देउवा र पौडेलनै अनुपस्थित, दुवै नेताले बैठक बंक गर्नुको यस्तो छ कारण 

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

    भोलि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकमा सभापति देउवा र नेता पौडेल सहभागी नहुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
     
    भोलिको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र संरचना समायोजन र महाधिवेशनबारे छलफल गर्न पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो,’ स्वकीय सचिव देउवाले भने, ‘त्यसमा उपसभापति, महामन्त्रीलगायतका पदाधिकारीसहित नेताहरू सहभागी हुनुहुन्छ । सभापति र वरिष्ठ नेता सहभागी हुनुहुन्‍न ।’ बैठक अहिले चलिरहेको छ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १६:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij