२०८२ कार्तिक १९ गते बुधवार
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको हालै सम्पन्न केन्द्री कमिटीको बैठकले आफूलाई रुसी पार्टीको झल्को दिएको टिप्पणी गरेका छन् ।
उनले यी दुई पार्टीलाई ओली र प्रचण्डका कम्युनिस्ट पार्टीको सँज्ञा पनि दिएका छन् । 'ओली र प्रचण्डका 'कम्युनिष्ट' पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो- बाहिरी रूप 'समाजवादी' भित्री सार 'नोकरशाही पुँजीवादी' !'
भट्टराईले ओली अलि खुला रहेको उल्लेख गरेका छन् । तर, प्रचण्ड भने सदाझैँ कुटील र छद्म रहेको उनको टिप्पणी छ । 'बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदाझैँ कुटील र छद्म ! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा,' भट्टराईले फेसबुकमा लेखेका छन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij