Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

सडकबाट दबाब नदिए शान्ति प्रक्रियाका बाँकी काम टुंगिदैन : प्रचण्ड

सडकबाट दबाब नदिए शान्ति प्रक्रियाका बाँकी काम टुंगिदैन : प्रचण्ड


  • 1.3K
    Shares

    सडकबाट दबाब नदिए शान्ति प्रक्रियाका बाँकी काम टुंगिदैन : प्रचण्ड
    images

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया टुंग्याउनु पर्नेमा जोड दिएका छन् ।

    शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवालको विषयक काठमडौंमा आयोजित कार्यक्रममा बुधबार अध्यक्ष प्रचण्डले ऐन बनेपछि संक्रमणकालीन न्यायको विषय अगाडि बढ्ने आफूले सोचे पनि अवरोध भएको टिप्पणी गरे ।

    अहिले पनि संक्रमणकालीन न्यायको विषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनले बताए । ‘बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्छ’, उनले भने ।

    उनले माओवादी नेतृत्वलाई तह लगाउने र सिध्याउने अन्तिम हतियारका रूपमा संक्रमणकालीन न्यायको विषयलाई लिने गरिएको दाबी गरे । ‘माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ रु गरौंला भन्ने सोच र प्रवृत्तिका राजनीतिक मान्छे पनि छन् । यो कुरा आवेग र सेन्टिमेट पनि होइन, एउटा राजनीतिक प्रवृत्ति यस्तो छ, टुंगिन लागेको बेला रोक्छ त्यसले । माओवादी नेतृत्वलाई तह लगाउने, ठिक लगाउने र सिध्याउने अन्तिम हतियार यही हो, टुंग्याउन हुन्न भन्ने प्रवृत्ति छ,’ उनले भने ।

    सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने उनको दाबी छ । अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन अवस्था नरहेको प्रचण्डको भनाइ थियो ।

     

    प्रकाशित मिति :पौष २४ २०८१ बुधवार - १३:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij