Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सत्ताको स्वाद चाख्न भन्दा पनि चुनावमा जाने लक्षण किन देखाउँदैछ कांग्रेस, कस्तो छ देउवाको दाउ ?

सत्ताको स्वाद चाख्न भन्दा पनि चुनावमा जाने लक्षण किन देखाउँदैछ कांग्रेस, कस्तो छ देउवाको दाउ ?


  • 6.1K
    Shares

    सत्ताको स्वाद चाख्न भन्दा पनि चुनावमा जाने लक्षण किन देखाउँदैछ कांग्रेस, कस्तो छ देउवाको दाउ ?

    काठमाडौं । संसदमा प्रधानमन्त्री बिरुद्द बहुमत जुटाउन मुस्किल पर्ने संकेत पाए पछि कांग्रेसले सत्ता तर्फ रुची देखाउन छोडेको लक्षण देखाउन थालेको छ।  आफ्नो नेतृत्वमा वैकल्पिक सरकार दिन तयार रहेको नेपाली कांग्रेसले चुनावलाई पनि महत्वमा राखेको छ। पदाधिकारी बैठकमा यी दुवै विकल्पका विषयमा गहन ढंगले छलफल भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमत पुगेको खण्डमा आफू नेतृत्वको सरकार बनाउने, अन्यको नेतृत्वमा नजाने छलफलमा जुटेको कांग्रेसले जनता समाजवादी पार्टीले सहयोग नगरेको खण्डमा चुनावमै जानुपर्ने विकल्प खुला राखेको छ।

    केही दिन अघि कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा भएको छलफलमा सरकार बनाउनका लागि प्रस्ताव अघि सारिएको थियो तर जसपा यस विषयमा निर्णित थिएन।

    जसपाले अहिले पनि सरकारको विकल्पमा जाने विषयमा सोचेको छैन। देउवा वा ओली कतैतिर पनि नरहेको सन्देश राजेन्द्र महतोले बताएका थिए। आइतबार पदाधिकारी बैठकले दुवै विकल्प खुला गर्दै यस विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ।

    ‘सरकार बने सरकार र चुनाव भए चुनावमा जाने कुरा हुन्छ। यी दुवै विषयमा कुराकानी भएका छन्’, कांग्रेस नेता रामशरण महतले भने,‘तीन पार्टीसँग छलफल सुरु भएको छ तर कुन निर्णयमा जाने भन्ने विषय निक्र्यौल भइसकेको छैन। विकल्प खुला छन्।’

    सोमबार केन्द्रीय समितिको बैठक डाकिएको छ। उक्त बैठक यी विषयसँगै आगामी महाधिवेशनका तयारीबारे पनि छलफल हुनेछ। बैठकले ठोस निर्णय गर्ने बुझिएको छ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १६:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij