२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक तेस्रो दिन पनि सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यले बोल्नेछन्। बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्।
त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनेछन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केही समसामयिक विषयका प्रस्तावहरु पारित गरेर आजै बैठक समापन गरिनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij