Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

केन्द्रीय कमिटी बैठक

कसैलाई घोचपेच गर्न राजनीतिक प्रतिवेदन ल्याएको होइन: प्रचण्ड

कसैलाई घोचपेच गर्न राजनीतिक प्रतिवेदन ल्याएको होइन: प्रचण्ड


  • 1.3K
    Shares

    कसैलाई घोचपेच गर्न राजनीतिक प्रतिवेदन ल्याएको होइन: प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन् ।

    पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका हुन् । 

    उनले बरु बैठक छिटो सकेर नतिजा निकाल्नका लागि फिल्डमा जानुपर्ने प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए ।  ‘कुनै प्रवृत्ति विशेषलाई घोचपेच गर्ने या कसैलाई नकारात्मक भाष्य बनाउनेतिर मेरो प्रस्ताव छैन’, प्रचण्डले भने, ‘सबैका विचार, भावना र चिन्ता समेटिने ढंगले, अहिले देशको वर्ष संघर्ष र आवश्यकतालाई केन्द्रमा राखेर फिल्डमा गएर संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ राखिएको छ ।’

    यस्तै प्रचण्डले बैठकप्रति क्रान्तिकारीहरुका साथै प्रतिक्रियावादीहरुको पनि ध्यान केन्द्रित रहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको बैठकमा प्रतिक्रियावादीहरुले फुट भन्ने चाहेको भएपनि त्यसप्रति पार्टी सचेत रहेको बताए ।

    यस्तै वामशक्तिहरुले माओवादीको बैठकबाट ठुलो आसा राखेको पनि बताए । यद्यपि पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - १२:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij